सिनामंगलस्थित नेपाल म्यानपावरमा विभागको छापा

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ५८


काठमाडौं । वैदेशिक रोजगार विभागले नेपाल म्यानपावरको कार्यालयमा छापा मारेको छ ।

सिनामंगलमा रहेको म्यानपावरको कार्यालयमा बुधबार विभागले छापा मारेको हो ।

अवैध रुपमा अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले उक्त म्यानपावरमा छापा मारेको हो ।

छापा मारेर विभागले १३ वटा पासपोर्ट, तीनवटा कम्प्युटर र कागजपत्र नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्