प्रचण्ड माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौै । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बुधवार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सुरु भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि आजै स्थायी कमिटी बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरिएको थियो। तर, प्रधानमन्त्री ओली सरकार छाड्ने मूडमा नदेखिएपछि प्रचण्ड–माधव पक्ष दबाबमा छ ।

२३ गते पुनस्थापित संसदको बैठकसमेत बोलाइएको सन्दर्भमा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्