कांग्रेसले बोलायो संसदीय दलकाे बैठक

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : ४०


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

फागुन २३ गतेदेखि शुरू हुने संसद अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न फागुन २१ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद बैठक आह्वान गरेकी छन् ।

संघीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ सांसद छन् । जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन् ।


प्रतिक्रिया दिनुहोस्