फेरि बढ्यो सुनको मूल्य

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : २५


काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८७ हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेर चालू आर्थिक वर्षकै सबैभन्दा कम भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य ८७ हजार रुपैयाँ प्रतितोला र तेजाबी सुनको मूल्य ८६ हजार ५ सय ५० रुपैयाँ प्रतितोला कायम भएको थियो ।

यसअघि सोमबार भने छापावाल सुनको मूल्य ८८ हजार ७ सय र तेजाबी सुनको मूल्य ८८ हजार २ सय ५० रुपैयाँ प्रतितोला थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो ।

यसअघि मंगलबार तोलामा ४० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँ प्रतितोला पुगेको चाँदीको मूल्य बुधबार तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय १५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्