सरकार र प्रतिवन्धित नेपाल क्रम्युनिस्ट पार्टी(नेकपा) विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो ।
सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वार्ता सकारात्मक दिशा उन्मुख रहेको जानकारी दिए ।
सामाजिक सञ्जालमा तस्वीरसहित उनले लेखेका छन्,’नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’
वार्तामा के के विषयमा छलफल भयो भन्ने बारे उनले केही खुलाएका छैनन् ।
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । pic.twitter.com/eW8jmNN4kG
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।