सरकार र विप्लव नेकपाबीच काठमाडौंमा वार्ता

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : ०३


काठमाडौं । सरकार र प्रतिबन्धित विप्लव समूहबीच औपचारिक वार्ता शुरु भएको छ । मंगलबार सरकार र विप्लव समूहले वार्ताका लागि समिति गठन गरेसँगै दुई पक्ष छलफलमा जुटेका हुन् ।

काठमाडौंकै एक सरकारी भवनमा कडा सुरक्षा घेराबीच सरकारी र प्रतिवन्धित समूहबीच वार्ता जारी रहेको स्रोतको दावी छ । तर वार्ता स्थल भने गोप्य राखिएको छ ।

विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ।

सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । त्यसलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो ।

भूमिगत रहेको विप्लव समूहका वार्ता टोली हिजै कडा सुरक्षाका बीच काठमाडौं भित्रिएको हो। सिके राउतसँग जस्तै विप्लव समूहसँग पनि एकैपटक सहमति गरेर सार्वजनिक गर्ने गृहकार्यमा सरकारी वार्ता टोली लागेको स्रोतको दाबी छ।

 


प्रतिक्रिया दिनुहोस्