प्रचण्डले लगाए कोरोना विरुद्धको खोप

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : ०१


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रचण्डले बुधबार बिहान काठमाडौंको मिनभवनस्थित सिभिल अस्पताल पुगेर कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।

संसद बैठक अगाडि सांसदहरुले कोरोना खोप लगाउनुपर्ने मापदण्ड तोकिएपछि प्रचण्डले बुधबार बिहान खोप लगाएका हुन् ।

सर्वोच्च अदालतले पुनःस्थापनाको फैसला सुनाएपछि आह्वान भएको संसद बैठक अगाडि सांसद र मन्त्रीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।

प्रतिनिधि सभाको बैठक फागुन २३ गते दिनको ४ बजे बोलाइएको छ ।

संसद बैठक अगाडि, सभामुख, मन्त्री र सांसदहरुलाई खोप लगाउन थालिएको हो ।


प्रतिक्रिया दिनुहोस्