टेक्सासमा अनिवार्य मास्क लगाउनु पर्ने नियम हट्दै

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । अमेरिकाको टेक्सासमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम हट्ने भएको छ ।

टेक्सासका गर्भनर ग्रेग एबटले आउँदो हप्तादेखि नयाँ नियम लागु हुने बताएका छन् । रिपब्लिकन गर्भनर ग्रेगले मंगलबार भने, ‘अब टेक्सासलाई शतप्रतिशत खुला गर्ने समय आएको छ ।’

यस्तै व्यवसायहरुलाई पूर्ण क्षमतामा सञ्चालन अनुमति पनि दिइने भएको छ । अनिर्वाय रुपमा मास्क लगाउनु पर्ने नियम हटाउने टेक्सास अमेरिकाको सबैभन्दा ठूलो राज्य हो । गएको जुलाईमा सो नियम लागु भएको हो ।


प्रतिक्रिया दिनुहोस्