अमेरकाले लगायो रुसको शीर्ष गुप्तचरसहितका अधिकारीलाई प्रतिबन्ध

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : २७


काठमाडौं । अमेरिकाले रुसको शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास भएको विषयमा रुसका अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।

नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको निष्कर्ष गुप्तचर निकायको रहेको अमेरिकाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्