सुन्तलामा असिनापानी र रोगको असर

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : २३


भरतपुर । चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो ।

यस वर्ष प्रतिहेक्टर नौ दशमलव १३ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । यो गत वर्षको भन्दा कम हो ।

गत वर्ष प्रतिहेक्टर नौ दशमलव ५८ टन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीले सुन्तलामा रोग लागेका कारण यस वर्ष उत्पादनमा केही कमी देखिएको बताए ।

चितवनमा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यस वर्ष उत्पादन भएको क्षेत्रफल भने ११० हेक्टर रहेको त्रिपाठीले जानकारी दिए ।

एक सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष प्रतिहेक्टर ९.१३ टन अर्थात् एक हजार चार दशमलव तीन टन सुन्तला उत्पादन भएको छ । गत वर्ष पनि ११० क्षेत्रफलमै सुन्तला उत्पादन भएको थियो ।

सो क्षेत्रफलमा गत वर्ष प्रतिहेक्टर ९.५८ टन अर्थात् एक हजार ५४ दशमलव नौ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष कविलासमा गरिएको सुन्तला खेतीलाई असिनापानीले नोक्सान पुर्याउनुका साथै विभिन्न रोग लागेका कारण उत्पादनमा कमी आएको त्रिपाठीले बताए ।

उनका अनुसार यस वर्ष किसानले सुन्तालाको बजार मूल्य राम्रो पाएका छन् । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तला खेती गरिन्छ ।

इच्छाकामना–३ र ५ मा अत्यधिक सुन्तला उत्पादन हुन्छ । इच्छाकामनाका तामिन, दारेचोक, दाहाखानी, काउले, चण्डीभन्ज्याङ र भरतपुर–२९ कविलासमा धेरै सुन्तला खेती गरिएको छ ।

कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाका विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल (यु–टेक) कलेजमा दिगो इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनका पछिल्लो आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन भएको छ ।

सामाजिक समस्यालाई इञ्जिनीयरिङ र प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर अन्तर्राष्ट्रिय ‘ई–कन्फरेन्स’ गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्