म्यानचेस्टर सिटीको शानदार जित

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत म‌गलबार राती भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ ।

लिग अन्तर्गत गए रातीको खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीले तीन गोल गर्‍यो भने एक गोल उपहारमा पायो ।

१५ औँ मिनेटमा वुल्भ्सका डेन्डन्करले गरेको आत्मघाति गोलबाट सिटीले अग्रता लियो ।

उसका लागि गाब्रियल जिससले दुई तथा रियाद महरेजले एक गोल गरे ।


प्रतिक्रिया दिनुहोस्