सरकार-विप्लव समूहबीच आजबाट काठमाडौंभित्रै पहिलो चरणको वार्ता हुँदै

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आजबाट काठमाडौंभित्रै पहिलो चरणको वार्ता हुँदैछ ।

वार्ताका लागि विप्लव समूहले घोषणा गरेको वार्ता समितिको टोली उपत्यका आएको स्रोतले जानकारी दिएको छ । काठमाडौंमा रहेको टोलीसँग सम्भवतः आजदेखि नै वार्ता शुरु हुने बताइएकाे छ ।

तर प्रतिबन्ध हटाउनेबारेमा सरकारले कुनै निर्णय नगरेसम्म औपचारिक वार्तामा बस्ने कि नबस्ने भन्ने निर्णय हुने विप्लवका वार्ता समिति स्रोतले जनाएको छ । वार्ताका काठमाडौंको कहाँ हुन्छ भन्ने कुरा गोप्य नै राखिएको छ ।

सरकार र विप्लव समूहका तर्फबाट हिजो वार्ता समिति बनाइएको थियो । सरकारले गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ भने विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने रहेको वार्ता समिति गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्