कसैले हटाउन सक्छ भने हटाओस्, चुनावमा दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु : ओली

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ४ : ०८


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चुनाैती दिएका छन् ।

मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो सहज भने नहुने बताएका हुन् ।

उनले अहिले आफूलाई कसैले हटाएपनि आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर पुनः सिंहदरबार फर्किने बताए ।

‘कसैले मलाई हटाउन सक्छ भने हटाओस्, तर त्यो सजिलो छैन,’ ओलीले भने,‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस् तर, आउँदो चुनावमा दुई तिहाईका साथ सिंहदरबार फर्किन्छु ।

आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।

‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्