काठमाडौं । पर्साको वीरगञ्ज कारागारमा कैदीबन्दीलाई भेट्न आएका एक जना चरेशसहित पक्राउ परेका छन् ।
प्रहरीले मंगलबार बिहान साढे १० बजे सिन्धुपाल्चोकका २२ वर्षीय मिङ्मा शेर्पालाई १० ग्राम चरेशसहित पक्राउ गरेको हो ।
उनी थुनामा रहेका २० वर्षीय भाइ लाक्पा शेर्पालाई भेट्न पुगेका थिए । उनले एउटा झोलामा दाइलाई दिनका लागि जुत्ता लगेका थिए ।
कारागार सुरक्षा गार्डले मिङ्मामाथि चेक गर्दा उनले ल्याएको जुत्ताको तलुवाबाट १० ग्राम चरेशको धुलो भेटिएको थियो ।
उनका भाइ लाक्पा शेर्पालाई जिल्ला अदालत पर्साले लागू औषध मुद्दामा पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
मिङ्मा शेर्पालाई नियन्त्रणमा लिएर लागू औषधको मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।