ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० बढी घर जले

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : ५०


दोभान । ताप्लेजुङ जिल्लाको दोश्रो ठूलो बजार दोभानमा आगलागी भएको छ ।

विहान ९ बजेदेखि आगलागी शुरु भएको स्थानीय दिपेश कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार स्थानीय भोलानाथ पौडेलको घरबाट शुरु भएको आगो बजारका अन्य घरमा पनि फैलिएको छ ।

हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आईएमई बैंक भएको घरसहित ४० वटा घर जलेर नष्ट भइसकेका स्थानीयले जानकारी दिएका छन् । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

ताप्लेजुङको दोभान बजारमा मङ्गलवार आगलागी हुँदा कम्तीमा ४० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनर्सिंह कुँवरका अनुसार कति घर जले भनेर गन्न गाह्रो भएको जानकारी दिए।

उनले भने, ‘धेरै घर जले। धेरै भत्काउनु पर्‍यो। कम्तीमा ४० घर जलेको अनुमान छ।’


प्रतिक्रिया दिनुहोस्