रघु पन्तको अभिव्यक्ति विरुद्ध बोले कलाकार

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । पछिल्लो समय विवादित अभिव्यक्ति दिँदै आएका प्रचण्ड-माधव समूहका नेता रघुजी पन्त फेरि विवादमा तानिएका छन्।

केहि दिन अघि पशुपति नाथ मन्दिर र राज बिरेन्द्रको हत्याकाण्डसँग जोडेर पन्तले विवादित अभिव्यक्ति दिएका थिए।

तीनै पन्तले फेरि सांसद कोमल वलीको विषयमा विवादास्पद अभिव्यक्ति दिएका हुन।

यसबारे धेरैले टिकाटिप्पणी गरिरहँदा नायिका वर्षा शिवाकोटी पनि बोलेकी छिन्।

उनले महिलाहरु सफल हुँदा गलत मानसिकताले बोल्नेहरु समाजमा रहेको भन्दै आलोचना गरेकी छिन्।

उनले लेखेकी छिन्-”तिम्रो राजनीति म बुझ्दिन अनि बुझ्दिन यो राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लान्छना किन लगाइन्छ। तर यती बुझ्छु, बर्षौं भान्साको चार पर्खाल भित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पिडा हुन्छ। शारीरिक हिंसा, दुर्व्यवहार र चरित्रहत्याको डर सधैँ भइरहन्छ।

यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्योस महिलाहरु भान्साबाट बाहिर आए ,ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपती भए, अन्तरिक्षसम्म पुगे तर कतिको मानसिकता अझै बदलिएन। धेरै संघर्ष पछि आएको परिवर्तन हो यो, केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने छैन। तर आर्थिक, प्राविधिक अनि सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिका अझै मानसिक बिकास हुन भने बाँकी रहेछ, बिश्वास भयो”

माधव नेपाल निकट मानिने नेकपा नेता रघुजी पन्तले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन्।’ यसले उनको सर्वत्र आलोचना भएको थियो।

यस्तै चर्चित कलाकार दीपकराज गिरीले पनि रघु पन्तको अभिव्यक्तिको आलोचना गरेकी छन्।

गायिका कोमल ओलीको बिषयमा
रधुजी पन्तको टिप्पणी सुनेपछि
उनिलाइ “रघु “मात्रै भन्न मन लाग्यो
जी चाहि भनिन है?

Posted by Deepak Raj Giree on Monday, March 1, 2021


प्रतिक्रिया दिनुहोस्