प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति (महारथी) पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रधानसेनापति थापाले सोमबार कोभिड–१९ (कोरोना) विरुद्धको खोपको पहिलो डोज लिएका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर खोप लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्