राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आव्हान

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : २९


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद् बैठको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनस्स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्