योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा साइकल यात्री घाइते

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । पूर्व पर्यटनमन्त्री तथा प्रचण्ड माधव नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले ठक्कर दिँदा एक साइकल यात्री घाइते भएका छन्।

रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई ठक्कर दिएको हो।

रौतहट प्रहरीका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो।

घाइते उनलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको छ। यात्रुको अवस्था गम्भीर देखिएपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्