प्रियंकाले माल्दिभ्समा मनाइन् बर्थ डे

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफ्नो जन्मदिन माल्दिभ्समा मनाएकी छन्।

अभिनेत्री कार्कीले शनिवार पति आयुष्मान जोशीसँगै माल्दिभ्समा जन्मदिन मनाएकी हुन। बर्थ डे मनाएका तस्विर प्रियंकाले सामाजिक सञ्जालमा सेयर समेत गरेकी छन्।

आयुष्मान र प्रियंकाले तीन वर्ष लामो प्रेम सम्बन्धलाई गतवर्ष विवाहमा परिणत गरेका थिए।

लकडाउनका कारण हनिमुनसमेत निस्कन नपाएका उनीहरु अहिले प्रियंकाको जन्मदिन र पहिलो वैवाहिक वर्षगाँठ मनाउन माल्दिभ्स पुगेका हुन।


प्रतिक्रिया दिनुहोस्