ओली समूहका केन्द्रीय सदस्य प्रचण्ड-माधव पक्षको नेकपामा

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेकपा ओली समूहमा लागेका ताज मोहम्मद मियाँ फेरि प्रचण्ड-माधव नेपाल समूहमा लागेका छन्।

​मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपाको मूलधारमा फर्कने घोषणा गरेका छन।

संसद् विघटनको विपक्षमा सर्वोच्चले गरेको फैसलालाई स्वागत गर्दै उनले अधिकारको प्रयोग र कार्यान्वयनमा उदासिन रहेको सरकारप्रति गम्भीर असहमति समेत प्रकट गरेका छन।

‘नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता,संविधानको कार्यन्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पुरा गर्ने युगिन जिम्मेवारी पुरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणा गर्दछु ।’ उनले भनेका छन।


प्रतिक्रिया दिनुहोस्