सिप्रदी ट्रेडिङका निर्देशक सौर्य राणाको निधन

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक सौर्य राणाको निधन भएको छ।

चार दिनअघि राणाको मेडिसिटी अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ गरिएको थियो।

शल्यक्रियाबाट उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि पुनः सर्जरी गरिएको थियो।

उनको आज अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राणा सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक थिए।

उनी तारा म्यानेजमेन्ट प्रालि, अमरावती ट्राभल्स, भोटेकोसी पावर कम्पनी, तारा इनर्जी प्रालि र सूर्य नेपाल प्रालिसँग आवद्ध थिए।

राणाले अटो व्यवसायमा लामो समय काम गरेका छन्। ६५ बर्षीया राणा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पूर्वअध्यक्ष पनि थिए।उनका श्रीमति, एक छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस्