सुनको मूल्य फेरि घट्यो

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार ओरालो लागिरहेको छ।

तीन दिनयता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज ५ सय रुपैंयाले घटेको छ।

आइतबार प्रतितोला ८८ हजार ३ सयमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार पनि सुन ५ सय रुपैयाँले घट्दा प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी मूल्यमा पनि सामान्य गिरावट आएको छ।

गत शुक्रबारको तुलनामा १० रुपैयाँले घट्दा आइतबार चाँदीको मुल्य प्रतितोला १३ सय २५ रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७३४ डलर र चाँदी २६ डलरमा कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्