प्रचण्डलाई सूचना दिएको भन्दै गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई पदमुक्त गरेका छन् ।

विभाजित नेकपाका अध्यक्ष प्रचण्डलाई सूचना चुहाएको आरोपमा उनलाई पदमुक्त गरिएको स्रोतको दाबी छ ।

नेकपाको ओली समूहको युवा संघको भेलामा बिरु लगायतले विद्रोह गरेका थिए । आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरु बादलसँग रुष्ट थिए ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको हो ।

 


प्रतिक्रिया दिनुहोस्