रघु पन्त विरुद्ध अदालत जान्छु : कोमल वली

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । गायिका एवं राष्ट्रिय सभाकी सांसद कोमल वलीले रघु पन्त विरुद्ध अदालत जाने चेतावनी दिएकी छन।

आफू आज गृहजिल्ला दाङमा रहेको भन्दै वलीले मंगलबार काठमाडौँ आइपुग्ने र त्यसपछि कानुनी प्रक्रियामा जाने बताएकी हुन्।

नेता पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको ओलचाना गर्नै कोमल वलीलाई सांसद बनाएको भन्दै आलोचना गरेका थिए।

शनिवार राजधानीमा आयोजित कार्यक्रमा नेता पन्तले भनेका थिए, ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद तिनै भइन्। कलाप फुलेका बुढी कामरेडहरु न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन् न त केन्द्रीय सदस्य हुन पाएका छन्’ भन्दै टिप्पणी गरेका थिए।

पन्तको त्यो भनाइको अहिले सर्वत्र विरोध भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्