मिर्गौलामा पत्थरी घरेलु उपायद्वारा सजिलै यसरी सकिन्छ हटाउन

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


पछिल्लो समयमा धेरै मासिन पत्थरीको समस्याबाट पीडित हुने गरेको चिकित्सकहरु बताउँछन् ।

खानपान व्यवस्थित नहुँदा विशेषत पत्थरीको जोखिम रहन्छ । पानी पर्याप्त मात्रामा नपिउँदा यस्ता समस्यामा बृद्धि हुन्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ पिसावमार्फत बाहिर जान्छ ।

मिर्गौलामा भएको पत्थरी हटाउने घरेलु उपाय बारे तपाईलाई थाहा नहुन सक्छ । घरमै पाइने सामग्रीको सही प्रयोगले पत्थरी समस्या हटाउन सकिन्छ ।

कागती
कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाब मार्फत निस्किन्छ ।

अनारको जुस
अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाइन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राजमा
राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मिनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी
किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ मिलाएर पिउँदा पनि पत्थरी हट्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पत्थरी ठीक हुन्छ ।

गहतको झोल
गहतको दाल बनाएर त्यसको झोल पिउँदा पनि पत्थरी हट्छ । गतहको झोलले किड्नीमा भएको पत्थरीलाई फुटाउने काम गर्छ ।

खाना बार्ने
चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।

तर पत्थरी भइसकेपछि चिकित्सकको सल्लाह र सुझाव अनुसार अघि बढ्ने र नियमित परामर्श गर्ने भने गर्न आवश्यक हुन्छ ।


प्रतिक्रिया दिनुहोस्