जागिर जोगाउन प्रधानाध्यपकद्वारा ७ विद्यार्थी बन्धक

प्रकाशित मिति : असार २, २०७८ बुधबार


पोखरा । घरपायक जागिर र पल जोगाउन कास्कीको मादी गाउँपालिका ६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रधानाध्यपकले ७ विद्यार्थीलाई २ वर्षदेखि बन्धक बनाएको खुलेको छ ।

विद्यालयबाट उम्किन खोजेका विद्यार्थीलाई प्रधानाध्यापक इन्द्रबहादुर थापा मगरले कुटपिट गरेर सख्त घाइते बनाएपछि घटना सार्वजनिक भएको खबर कान्तिपुर दैनिकमा छ ।

मादी नदी किनारमा बाटो खानिरहेका मजदुरले शुक्रबार प्रधानध्यापक मगरले विद्यार्थीलाई कुटपिट गर्दै लछारपछार गरेको देखेपछि गाउँपालिका कार्यालयमा खबर गरेका थिए ।

प्रहरीसहितको टोलीले घटनाबारे बुझ्दा मगरले विद्यार्थीलाई दयनीय अवस्थामा बन्धक बनाएको पाइएको हो ।


प्रतिक्रिया दिनुहोस्