कुनै पनि हालतमा राजीनामा नदिने प्रधानमन्त्री ओलीको अडान

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कुनै पनि हालतमा राजिनामा नदिने प्रधानमन्त्रीको बताएका छन।

सर्वोच्च अदालतको फैसलापछि राजिनामाको माग भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यसलाई ठाडै अश्विकार गरेका छन।

एक टेलिभिजन सँगको कुराकानीमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गरे।

सर्वोच्चको आदेश बमोजिम यहि फागुनको २३ गते प्रतिनिधिसभाको बैठक बस्ने र अविश्वासको प्रस्तावलाई पराजित गर्ने ओलीको दाबी छ।

आफूले राजीनामा गरे अदालतको फैसलाले देशमा अस्थिरता निम्त्याएको देखिने ओलीको जिकिर छ।

आफूले कुनै हालतमा राजीनामा नदिने र आफूसँग अन्य धेरै विकल्प समेत रहेको ओलीको भनाई छ।

प्रचण्ड-माधव नेपाल पक्षले नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरिरहँदा ती दलले सो समूहलाई साथ नदिने ओलीले बताए।

राष्ट्रपति विद्या भण्डारीले हरेक निर्णयमा प्रधानमन्त्रीलाई साथ दिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री अ‍ोलीले त्यसको बचाउ गरे।

राष्ट्रपतिले आफ्नो कर्तव्य पूरा गरेको र उनको आलोचना गर्नेहरु ‘गणतन्त्रको विरोधी गर्ने तत्वहरु’ भएको ओलीले आरोप लगाए।

राष्ट्रपति भण्डारीमाथि सानो संख्याले महाअभियोग लगाउने तयारी गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले सिंगै संसद त्यसको पक्षमा नहुने समेत बताए।

राष्ट्रपतिको बचाउ गरेपनि प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनको आलोचना गरे। ‘उपराष्ट्रपति आफ्नो मर्यादामा बस्नु वान्छनीय हुन्छ भन्ने मेरो भनाई हो’,ओलीले भने, ‘पक्ष/विपक्षमा हिँड्नु उपराष्ट्रपतिको काम होइन्’


प्रतिक्रिया दिनुहोस्