नेता जोशीको स्वास्थ्यमा थोरै सुधार, दाहिने खुट्टा र हात चलाए

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । मष्तिस्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थोरै भएपनि सुधार देखिएको अस्पतालले जनाएको छ।

नेता जोशीको उपचारमा न्युरो सर्जन डा.राजीव झा नेतृत्वको डाक्टरको टोली खटिएको छ।

अस्पताललो विज्ञप्ति जारी गर्दै नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ।

यसैबीच, नेता जोशीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले आज अस्पतालमा पुगेर राष्ट्रपतिको सन्देश जोशी पत्नी सपना र दाजु राजुराज जोशीलाई सुनाउँदै उपचारमा संलग्न चिकित्सक डा. राजीव झासँग स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।


प्रतिक्रिया दिनुहोस्