कीर्तिपुरमा कारले ८ मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । काठमाडौंको कीर्तिपुर स्थित नयाँ बजारमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन।

शुक्रबार साँझ एउटा कारले ८ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिएको हो।

ठक्कर दिई भागेको कारलाई कलंकीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घाइतेलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले बताएको छ।

तस्वीर सौजन्य : सम्यनन्द बज्राचार्य

 


प्रतिक्रिया दिनुहोस्