ओली–गौतम भेटवार्ता सकियो, पार्टी एकताको प्रस्तावमा मौन

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

नेकपाको ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका लागि गौतम शुक्रवार अपराह्न बालुवाटार गएका थिए ।
प्रधानमन्त्री ओली र गौतमबीच करिब १ घन्टा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली समक्ष गौतमले पार्टी भित्रको समस्या समाधन गर्दै एकताको प्रस्ताव गरेको गौतम निकट स्रोतले बतायो ।

उनले ओलीलाई नै एकताको लागि पहल गर्न आग्रह गरेका थिए तर प्रधानमन्त्री ओलीले भने त्यसमा प्रस्ट जवाफ दिएनन् ।

यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

बिहीबारमात्रै वामदेवले नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव गरेका थिए ।

पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक रूपमा दुई समूहमा बाँडिएको नेकपामा उपाध्यक्ष वामदेव कुनै समूहमा लागेका थिएनन्। उनले बरू पार्टी एकताको अभियान थालेका थिए ।


प्रतिक्रिया दिनुहोस्