८९ हजारको आंकडा भन्दा तल झर्‍यो सुनको मूल्य

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

तोलामा ५ सय रुपैयाँले घटेसँगै शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ८८ हजार ८ सय ५० रुपैयाँ थियो ।

बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको थियो । बुधबार नेपाली बजारमा छापावाल सुनको मूय प्रतितोला ८९ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

यसअघि बिहीबार प्रतिोला १ हजार ३ सय ५५ रहेको चाँदीको मूल्य शुक्रबार तोलामा २० रुपैयाँ घटेर १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्