काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि अब बन्ने सरकारका बिषयमा चासो उत्पन्न भइरहेका बेला नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रालेले काँग्रेस सभापति देउवासँग भेटघाट गरेका छन्।
स्रोतका अनुसार भारतीय राजदूत क्वात्रा देउवालाई भेट्न बिहिबार दिउसो बुढानिलकण्ठ पुगेका थिए।
भेटबारे दुवै पक्षले नखुलाएपनि भेटमा भारतीय राजदूतले सत्ता समिकरणबारे चासो दिएको बताइएको छ।
यता, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले पनि केपी शर्मा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेललाई भेट गरेको खबर प्राप्त भएको छ।