प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तिव्र पारेका छन्।

अब प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्नेबारे ओली समूह अझै निष्कर्षमा पुगिसकेको छैन।

प्रधानमन्त्री ओली छलफलबाटै निष्कर्षमा पुग्ने र आगामी कदम चाल्ने मुडमा देखिन्छन्। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहिबार साँझ परामर्श गरेका छन्।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपति विद्याभण्डारीलाई भेट्न शितल निवास पुगेका हुन।

साँझ ७ बजेर १० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली ८ बजेर ५० मिनेटमा बाहिरिएका थिए।

संसद विघटनको कदम अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुगेका हुन्।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्नेभन्नेबारे छलफल भएको बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस्