भारत र पाकिस्तानी सेनाबीच सहमति : कश्मीरको सीमा क्षेत्रमा गोली हानाहान नगर्ने

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । भारत र पाकिस्तानी सेनाबीच बिहीबार एउटा ‘दुर्लभ’ सहमति भएको छ।

जम्मु-कश्मिरको ‘सहमत सीमा क्षेत्रमा’ सीमापार गोलावारी रोक्न र कडा अनुगमन कायम राख्न दुवै पक्ष सहमत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दुवै देशका सेनाबीच भएको वार्तापछि दुवै पक्ष नियन्त्रण रेखा र अन्य इलाकामा यही फेब्रुअरी २५ तारिखको मध्यरातिबाट गोलाबारी रोक्न सहमत भएका हुन।

दुबै पक्षले नियन्त्रण रेखामा लगातार युद्धविराम उल्लंघन गरेको आरोपप्रत्यारोप गरिररहँदा दुबै देशका सेनाका डिजीएमओ (सैन्य अपरेशन महानिर्देशक) बीच वार्ता भएको थियो।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको ‘दुबै पक्षले फेब्रुअरी २५ तारिखको मध्यरातदेखि नियन्त्रण रेखा र अन्य क्षेत्रहरूमा सबै सम्झौता, आपसी समझदारी र युद्धविरामको कडाइका साथ पालना गर्ने छौं। ‘

कुनै अकल्पनीय परिस्थिति वा असमझदारी भएमा त्यसलाई समाधान गर्न हटलाइन कन्ट्याक्ट र बोर्डर फ्ल्याग मीटिङ गर्ने दुवै पक्षबीच सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस्