बियोगको पीडामा ‘संसारकै सुन्दर’ महिला, आखिर किन डिभोर्स गर्दैछिन् किम ?

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


अमेरिकी टीभी स्टार तथा मोडल किम कार्दशियन अहिले आफ्नो तेस्रो वैवाहिक जीवनलाई पनि पूर्णविराम लगानुपर्दाको पीडामा छिन् ।

यसअघिका दुई विवाह पनि टिक्न नसकेपछि चर्चित र्‍यापर कान्ये वेस्टसँग ७ वर्षा अगाडि वैवाहिक बन्धनमा बाँधिएकी किम पुन: सम्बन्ध विच्छेद्‍को प्रक्रियामा छिन् । वेस्टसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता भइसकेको छ।

विश्वभर नै किमका धेरै प्रश‌ंसक छन् । किमका प्रशंसकमध्ये धेरैको प्रश्‍न छ- फेरि पनि उनी किन सम्बन्ध विच्छेद गर्दै छिन् ?

हलिउडलाइफको एक रिपोर्टअनुसार किम र उनका पति कान्येले केही समय अगाडि संयुक्त रुपमा भेट गरेका थिए । पारिवारिक सम्बन्धमा देखिएको समस्या समाधानका लागि परामर्श लिन भनेर वकिलसँग भेट्न जाँदा किमले आफूहरुको सम्बन्धलाई कसरी बचाउन सकिन्छ भनेर विकलसँग जिज्ञासा राखेकी थिइन् ।

तर, उनका पति कान्ये किमको कुरामा सहमत हुन सकेनन् । किमको चाहना हरहालतमा सम्बन्धलाई बचाउनु थियो । त्यसका लागि आफू झुक्नु परे पनि तयार भएको उनले वकिलकै समक्ष पनि बताएकी थिइन् । तर, श्रीमानबाट त्यो हुन नसकेको उनको भनाइ थियो ।

पति कान्ये भने जसरी पनि अलग्गिनु पर्नेमा मात्रै जोड दिने गरेको पनि किमले पीडा पोखेकी थिइन् । यसअघिका दुई सम्बन्धमा वियोगको पीडा भोगेकी ४० वर्षीया किम यो सम्बन्ध जसरी पनि बचाउनतिर लागेकी थिइन् । तर, उनको त्यो प्रयास सफल हुन सकेको छैन ।

किमको अबको चाहना कान्ये आफूसँग नजिक नभए पनि कमसेकम छोराछोरीसँग नजिक होइदिउन्, उनीहरुका लागि समय निकालिदेउन् र माया गरुन् भन्ने छ । त्यसका लागि किमले छोराछोरीलाई दुवैले हेरचाह गर्ने सम्झौता गरिन्।

वकिलसँगको भेटका क्रममा किमले आफू अझै पनि कान्येलाई धेरै माया गर्ने गरेको बताएकी थिइन् ।

किम र कान्येबीच २०१२ बाट भेटघाट तथा चिनजान भएको थियो । त्यसको दुई वर्षपछि दुवै जनाले सन् २०१४ मा इटालीमा धुमधामसँग बिहे गरेका थिए । विवाहको केही वर्षसम्म यो जोडी निकै रमायो पनि । तर, दुवै जनाले विवाहताको ‘बाचा’लाई भुलेका छन् सायद, अहिले डिभोर्स गर्ने तयारीमा छन् ।

किमका श्रीमान् एक मानसिक रोगसँग जुधिरहेका छन् । बायपोलर डिसअर्डर जस्तो मानसिक रोगसँग जुधिरहेका कान्येले सम्बन्धविच्छेदका लागि दबाब दिएको किमको भनाइ छ ।

सम्बन्धविच्छेदको विषय अगाडि बढेसँगै किमले आफ्नो हातमा रहेको औँठी पनि हटाएकी छिन् । पछिल्लो समय सार्वजनिक भएका तस्बिरमा कान्यले विवाहको समयमा दिएको औँठी किमको औँलामा देखिएको छैन ।

किमले सम्बन्धविच्छेद हुनुको कारण आफ्नो तर्फबाट नभएर श्रीमानका कारण भएको बताउने गरेकी छन् । यो विषयमा कान्येले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

यो जोडीका चारजना छोराछोरी छन् । किम छोराछोरीसहित लस एन्जल्समा बस्दै आएकी छिन् भने कान्ये वियोमिंममा आफ्नो फार्म हाउसमा बस्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्