नेप्से परिसूचक ४५ अंकले घट्यो, निफ्राको सेयर सबैभन्दा बढी किनबेच

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) झण्डै ४५ अंकले घटेको छ। नेप्से परिसूचक आज ४४.९४ अंकले घटेर २५५४.१३ बिन्दुमा आईपुगेको छ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.५३ अंकले घटेर ४६१.८१ बिन्दुमा आईपुगेको छ।

नेप्सेका सबै उपसमूहहरु यसदिन राताम्य छन्। आज सेयर बजारमा गिरावट आएपनि चन्द्रागिरी हिल्सको सेयर सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ।

यस्तै, सनराईज फस्ट म्युचल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ६.८४ प्रतिशतले गुमाए। नेपाल इन्फ्राष्टक्चर कम्पनी लिमिटेड (निफ्रा)को सेयर मूल्य केहि घटेपनि आज सबैभन्दा धेरै किनबेच भयो।

नेप्सेका अनुसार आज निफ्राको ९० करोड ३५ लाख ६७ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्