नेकपा नेता लिलामणि पोखरेलको नजरमा एमसीसी पास गर्न नहुने ११ कारण

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना सँगै प्रचण्ड-माधव नेपाल नेतृत्वको गठबन्धनमा अब नयाँ सरकार बन्ने चर्चा छ।

सो पक्षको सरकारले विवादित सम्झौता एमसीसी कसरी अगाडि बढाउँछ भन्नेबारे चासो उत्पन्न भएको छ।

यसबारे उक्त पक्षका वरिष्ठ नेता झलनाथ खनालले बुधबार एक अन्तरवार्तामा एमसीसी आफ्नो सरकारले पास गर्ने बताए। तर, नेकपाका नेता खनालको उक्त अभिव्यक्तिको प्रचण्ड-नेपाल पक्षकै नेताले खण्डन गरेका छन।

नेकपा केन्द्रीय सदस्य लिलामणि पोखरेलले झलनाथ खनालको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका छन्।

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता कमरेड झलनाथ खनालको एउटा अन्तर्वार्तामा अमेरिकासँगको संगको सम्झौता संसदबाट पारित गरिने कुरा गर्नु भएको भन्ने पढियो। 

पहिलो-उहाँले हतारमा बोल्नु भयो।

दोश्रो-सम्झौताबारे पार्टीमा कुनै निर्णय भएको छैन।

तेस्रो-राष्ट्रिय जनमत खारेजीको पक्षमा छ।

चौथो -हामीले संशोधन गरेर सम्झौता संशोधन हुँदैन।

पाँचौं-हिन्द प्रशान्त रणनीति अमेरिकाकै समाजवाद विरोधी रणनीति हो।

छैठौं-नेपाल जस्ता देशलाई दबाबमा पारेर भूमण्डलीय राजनीति गर्ने र त्यसमा नेपालको भूमि प्रयोग गर्ने।

सातौं-सम्झौताको माध्यमबाट हाम्रो सार्वभौमिकतामा खलल पुर्याउँने। नेपाललाई अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल गराउने।

आठौ-यो अन्तराष्ट्रिय सहायता नीति विरुद्धको सम्झौता हो।

नवौं-यस्तै सम्झौता श्रीलंका ले खारेज गरि दियो।

दशौं-सम्झौताको धरातल नै नेपालको सार्वभौमिकता, सम्मान, संविधान, कानूनको विपरीत छ।

एघारौं-पचास करोड डलर सबथोक हैन! राष्ट्रियता र स्वाभिमान सर्वश्व हो। त्यसैले पारित हैन एमसीसी सँगको सम्झौता खारेज नै हो। बाँकी जनताका विचार!


प्रतिक्रिया दिनुहोस्