महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाड हुने

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । महिला लघुवित्तले आइपीओ यहि फागुन १४ गते अर्थात शुक्रबार बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गले आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने जनाएको छ।

लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ।

लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्