कमेडी च्याम्पियन सिजन-२ फागुन २१ बाट प्रशारणमा आउने

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन-२ फागुन २१ गतेबाट प्रशारणमा आउने भएको छ।

बुधबार काठमाडौंमा एक पत्रकार निर्माण सम्मेलन आयोजना गर्दै कार्यक्रमको औपचारिक घोषणा गरिएको छ।

कमेडी च्याम्पियन-२ का लागि देश तथा विदेशबाट ६ हजार भन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो।

६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो। जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन्।

कमेडी च्याम्पियनका निर्णायकमा यस वर्ष परिवर्तन भएको छैन। सो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने छ।

अघिल्लो वर्ष निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।

कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्