ओली समूहको स्थायी समिति बैठक सकियो, संसद बैठक बोलाउने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री ओली निवाश बालुवाटारमा आज दिउसो बसेको स्थायी समिति बैठकमा प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थाका बारेमा छलफल भएको छ।

बैठकपछि परराष्ट्रमन्त्री एवं आली समूहका नेता प्रदिप ज्ञवालीले भोलि पनि बैठक जारी रहने जानकारी दिए।

आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने उनले बताए ।

‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’ नेता ज्ञवालीले भने

सर्वोच्चको आदेश बमोजिम नै संसद बैठक आह्ववान गर्ने निर्णय आजको बैठकले गरेको नेता ज्ञवालीले बताए। नेता ज्ञवालीले भने-‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ।’

आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलााउने निर्णय गरेको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि अब के गर्ने भन्नेबारे सामूहिक निर्णय गर्न ओली समूहले बैठक बोलाएको थियो।

प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने र त्यसपछिको दृश्य कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णय आजको बैठकले गरेको हो।

त्यस्तै ओली समूहको आजको स्थायी कमिटी बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय पनि छ।


प्रतिक्रिया दिनुहोस्