देउवालाई प्रचण्ड- माधव नेपाल र झलनाथको फोन

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला गरेपछि नेपाली राजनीति थप तरंगित बनेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा पुस ५ मा राष्ट्रपतिद्वारा गरिएको संसद विघटनमा परेको मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले संसद पुनः स्थापना गरेर १३ दिन भित्र प्रतिनिधिसभा बैठक बोलाउन मंगलबार आदेश जारी गरेको थियो ।

यससँगै दलहरु आन्तरिक बैठकमा जुटेका छन् ।

सत्तारुढ नेकपाको केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले छुट्टा छुट्टै संसदीय दलको बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसले भने अहिलेसम्म औपचारिक रुपमा बैठक बोलाइसकेको छैन ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपाको प्रचण्ड माधव पक्षका शीर्ष नेताले टेलिफोन सम्पर्क गरेका छन् ।

सर्वोच्चको फैसालापछि आफूले कांग्रेस सभापति देउवासँग टेलिफोनमा कुराकानी गरेर खुसी साटेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

यस्तै अर्का अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले पनि देउवालाई फोन गरेको देउवाका सहयोगी भानु देउवाले जनाकारी दिए ।

संसद पुनः स्थापना भएसँगै कांग्रेस सभापति देउवा केन्द्रमा रहेका छन् ।

अब सरकारको नेतृत्व कसले गर्छ भन्ने कुरामा नेपाली कांग्रेस र देउवाले गर्ने निर्णयले महत्व राख्नेछ ।


प्रतिक्रिया दिनुहोस्