बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको ३ वर्ष पुरा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको आज ३ वर्ष पुगेको छ ।

आफ्नो फिल्मी करियरमा ३ सय भन्दा धेरै फिल्ममा काम गरेकी उनलाई मृत्युपछि पनि फ्यानहरुले धेरै सम्झने गरेका छन् ।

सन् २०१८ फेबु्रअरी १४ मा श्रीदेवीको दुबईको एक होटलमा बाथटबमा डुबेको कारण मृत्यु भएको थियो ।

को थिईन श्रीदेवी

सन् १९७६ मा रिलिज भएको तमिल फिल्म ‘थुनाइवन’ मा श्रीदेवीले लार्ड मुरुगाको भूमिका निभाएकी थिइन् ।

त्यो समयमा उनको उमेर ४ वर्षको थियो । फिल्ममा उनले त्यस समयमाको टप अभिनेत्री जयललिताको साथमा काम गरेकी थिइन् ।

श्रीदेवीले सन् १९७५ मा फिल्म जुलीबाट डेब्यु गरेकी थिइन् । जसमा उनले बाल कलाकारको भूमिका निभाएकी थिइन् ।

अभिनयमा मेहेनत गर्ने हिसाबले श्रीदेवी अन्य अभिनेत्रीको तुलनामा अगाडी थिइन् । उनी आफ्नो पिताको मृत्युको समयमा लण्डनमा सुटिङमा थिइन् ।

पिताको मृत्युको खबर पाए लगत्तै उनी भारत फर्केकी थिइन् । साथै अन्तिम संस्कार सक्ने वित्तिकै लण्डन पुगेर सुटिङ सुरु गरेकी थिइन् ।

यो सँगै फिल्म ‘चालबाज’ को सुटिङको समयमा उनलाई १०३ ज्वरो आएको थियो । तर उनले पुरै जोसको साथमा एक गीतको सुटिङ पुरा गरेकी थिइन् ।

७० को दशकमा श्रीदेवी र बोनी कपुरलाई एक साथ तमिल फिल्ममा देखिएको थियो । बोनी कपुरले फिल्ममा सँगै काम गर्नु अगाडी नै श्रीदेवीलाई मन पराउँथे ।

तर उनीहरुको प्रेम कहानी फिल्म ‘मिस्टर इन्डिया’ बाट सुरु भएको थियो । यस फिल्मको स्क्रिप्ट सुन्नको लागि श्रीदेवीले बोनी कपुरलाई १० दिन पर्खाइमा राखेकी थिइन् ।

श्रीदेवीलाई साइन गर्नको लागि उनको आमाले १० लाख मागेकी थिइन् । तर बोनीले एकै बचनमा ११ लाखमा साइन गराएका थिए ।

श्रीदेवीको अभिनय प्रतिस्पर्धा धेरै जसो जयासँग हुन्थ्यो । दुबै जना एकअर्कालाई मन पराउँदैन थिए ।

एक पटक दुबै जनालाई मिलाउने उद्देश्यले राजे खन्ना र जितेन्द्रले २ घण्टासम्म उनीहरुलाई एउटै कोठामा बन्द गरिदिएका थिए ।

तर उनीहरु २ घण्टासम्म पनि एक अकौसँग बोलेनन् । यतिसम्म एक अर्कालाई पनि फर्केर हेरेनन।


प्रतिक्रिया दिनुहोस्