प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रसमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाले अस्थिरताको खेल सुरु गर्ने दाबी गरेका छन् ।
पोखरेलले भनेका छन्,‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ, हिम्मत र धैर्यताका साथ अघि बढौं,’ उनले भनेका छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयपछि पोखरेल लगायतका ओलीपक्षीय नेताहरु अब संसद कुनै हालतमा पुनस्र्थापित नहुने र वैशाखमा हुने भनिएको चुनावमै ध्यान केन्द्रित गर्नुपर्ने भन्दै देशका बिभिन्न स्थानमा आमसभा गरिरहेका थिए।