भारतीय नेताले भने– अब नेपालसँगको सम्बन्धमा सुधार आउने छ

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार


काठमाडौं । सर्वोच्च अदालले प्रतिनिधिसभा पुनस्र्थापनापछि नेपालका मात्र होइन छिमेकी मुलुक भारतका नेताले समेत प्रतिक्रिया जनाएका छन् ।

भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भनि सर्वोच्च अदालतको निर्णय राम्रो खबर भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटर मा उनले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गरेका छन् ।

भारतको माथिल्लो सभा राज्य सभाका सदस्य समेत रहेका उनले नेपालका प्रजातान्त्रिक नेताहरु आफ्नो सम्पर्कमा रहेका र प्रजातन्त्र पुर्नवहाली हुने आशासमेत व्यक्त गरेका छन्। ‘अब भारत–नेपाल सम्बन्धमा सुधार आउने छ ’ उनले लेखेका छन्।

 


प्रतिक्रिया दिनुहोस्