संसद पुनःस्थापनाको खबर सुनेपछि प्रचण्ड र माधवले गरे अंकमाल, ओलीसँग सहकार्य नगर्ने घोषणा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


चितवन । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाए पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले अंकमाल गरेर खुसी साटासाट गरेका छन् ।

संसद विघटनविरुद्ध बुधबार चितवनको भरतपुरमा हुने विरोधसभालाई सम्बोधन गर्न भनेर मंगलबार नै अध्यक्षद्वय प्रचण्ड र नेपाल चितवन पुगेका थिए ।

चितवनको भरतपुरस्थित एउटा होटलमा बसिरहेका अध्यक्षद्वयले संसद पुनःस्थापनाको खबर सुनेपछि एकआपसमा अंकमाल गरेर खुसी साटासाट गरेका एकजना नेताले जानकारी दिए ।

संसद विघटनको खबर सुनेपछि अन्य नेता तथा कार्यकर्ताहरुले अध्यक्षसहित नेताहरुलाई अविर समेत लगाइदिएका छन् ।

कार्यकर्तासँगको कुराकानीका क्रममा प्रचण्डले संसद पुनःस्थापना पछि मिलेर अगाडि बढ्ने प्रक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रचण्डले ‘प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्