‘संसद पुनस्थापनाको निर्णयले सर्वोच्चको सम्मान झनैं बढायो’

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार


काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको निर्णयले सर्वोच्च अदालतको सम्मान झनैं बढाएको बताएकी छिन्।

पूर्व प्रधान न्यायाधीश कार्कीले अदालतको निर्णयले संसददेखि अदालत समेतलाई बलियो बनाएको टिप्पणी गरेकी छिन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो।

लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्