काठमाडौं । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले संसद् विघटनको स्वागत गर्दै भनेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो ।’
सर्वोच्च अदालतले संसद विघटनको मुद्दा बदर गरिदिएपछि यसको प्रतिक्रियामा मिश्रले फेसबुकमा लेखेका छन्, ‘जे हुनुपर्थ्यो, त्यो भयो । सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ । लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ । तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन । ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन् । सबैलाई बधाई। नेपालको जय होस् !’