सर्वोच्चको फैसला नेपाली जनताको जीत : प्रचण्ड

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिएको छ।

सर्वोच्चको संवैधानिक इजलासले आज फैसला सुनाउँदै १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको छ।

संवैधानिक इजलासको फैसलामा भनिएको छ-‘प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा स्वीकृत भइ जारी गरिएको निर्णय असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ।’

सर्वोच्चको पैmसलापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला जनताको पक्षमा आएको बताएका छन्।

अध्यक्ष दाहालले अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई’।


प्रतिक्रिया दिनुहोस्