दाङको कोइला खानीमा पुरिएर १ जनाको मृत्यु

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


घोराही । दाङस्थित कोइला खानीमा काम गर्ने १ जना मजदुरको खानी भित्रै पुरिएर मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोइला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिक छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिको कोइला निकाल्ने क्रममा पुरिएर सोमबार दिउँसो मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्